बाढीका कारण क्षतिग्रस्त झोलुंगे पुलको मर्मत सुरु
baahrakhari.com · Fri Sep 04 12:33:14 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले क्षति पुर्याइएका २० वटा झोलुंगे पुलको मर्मत सुरु भएकव छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको थियो। “सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्यांकन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुंगे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए”, कार्यालयले भनेको छ,“क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो ।”
Read full story at source (baahrakhari.com)