राष्ट्रिय वाणिज्य बैंकले थाल्यो अनलाइन कर्जा आवेदन सेवा
hamrakura.com · Sat Jul 04 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले अनलाइन कर्जा आवेदन सेवाको शुरूआत गरेको छ । बैङ्कले शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा शुरूआत गरेको हो ।
राष्ट्रिय वाणिज्य बैङ्कका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैङ्कले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको बताए ।
Read full story at source (hamrakura.com)