एमाले उपाध्यक्ष पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि असार १६ गते सुनुवाइ हुने
nagariknews.nagariknetwork.com · Fri Jun 26 11:41:17 GMT 2026

नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आगामी असार १६ गते सुनुवाइ हुने भएको छ।
पौडेलकी पत्नी दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै असार १० गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी थिइन्। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)