‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’
makalukhabar.com · Fri Jun 12 13:28:05 GMT 2026

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले बोली, वचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बोली, वचन र व्यवहारमा सुधार गरी आफूलाई प्राप्त जिम्मेवारी उच्च व्यवसायिकताका साथ निर्वाह गर्नुपर्ने बताए । हालै सरूवा भई आआफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी निरीक्षकहरूलाई आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै उनले आआफ्नो क्षेत्रमा देखा पर्नसक्ने सुरक्षा चुनौतीको विश्लेषण गरी सोही अनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने बताए ।
Read full story at source (makalukhabar.com)