सात महिनापछि लिमीको टाक्चीस्थित रिसोर्ट पुनः सञ्चालनमा
gorkhapatraonline.com · Fri Jun 05 02:04:30 GMT 2026

नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीको टाक्चीमा रहेको लिमी रिसोर्ट सात महिनापछि पुनः सञ्चालनमा आएको छ। सो क्षेत्रमा प्रवेश गर्ने न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याइएपछि रिसोर्ट पुनः सञ्चालनमा आएको हो।
स्थानीय कुञ्चोक तामाङका अनुसार पाँच हजार १३० मिटर उचाइमा रहेको नेपाली भूमि लाप्चाबाट मानसरोवर–कैलाशको दर्शन गर्न आउने पर्यटकलाई लक्षित गरी तीन वर्षअघि सञ्चालनमा ल्याइएको रिसोर्ट गत मङ्सिरदेखि बन्द थियो। पाँच हजार मिटर उचाइमा रहेको न्यालु लेक क्षेत्रको सडकमा जमेको हिउँ हटाइएपछि यातायात सुचारु भएको र पर्यटक आउन थालेसँगै रिसोर्ट पनि सञ्चालनमा आएको उहाँले बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)