सडक मिचेका संरचना भत्काइँदै
ekantipur.com · Sun Feb 12 16:54:21 GMT 2023
सुनसरी — सडक क्षेत्राधिकार मिचेर बनाइएका संरचनामा इटहरी उपमहानगरले डोजर चलाएको छ । उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी मुख्य राजमार्ग आसपास सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काएको हो ।
अनधिकृत संरचनाकै कारण रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत इटहरीको मुख्य बजारमा काम अलपत्र परेपछि उपमहानगरले उक्त कदम चालेको हो । उसले विराटनगर लाइनमा पर्ने वडा ६ का ३४ घर भत्काउन यसअघि नै १५ दिनको सूचना प्रकाशित गरेको थियो ।
Read full story at source (ekantipur.com)