सबै परीक्षा स्थगित गर्न विश्वविद्यालयहरूलाई शिक्षामन्त्रीको निर्देशन
nepalnews.com · Fri Aug 28 01:15:20 GMT 2026

काठमाडौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका परीक्षा तथा शैक्षिक गतिविधिबारे विश्वविद्यालयहरूलाई निर्देशन दिएका छन् ।
उनले प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको परिस्थितिका कारण भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका हुन् ।
Read full story at source (nepalnews.com)