देशभर भारी वर्षाको चेतावनीः धानदेखि तरकारीसम्म जोखिममा
rajdhanidaily.com · Fri Jul 03 23:29:23 GMT 2026

काठमाडौं । यस वर्षको मनसुन देशभर सक्रिय भएसँगै किसानका अनुहारमा आशा र चिन्ता दुवै देखिन थालेका छन् । केही साताअघि वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्ताले किसानलाई सताइरहेको थियो । अहिले भने अवस्था उल्टिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी साताभर देशका अधिकांश भूभागमा मध्यमदेखि भारी तथा केही स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याएपछि कृषकहरूमा चिन्ता छाएको हो । हरेक वर्ष अत्यधिक वर्षाका कारण असारमा रोपेको धान पुरिने, बाढीले बगाउने र पहिरोले खत्तम पार्ने भएका कारण उनीहरूमा चिन्ता छाएको हो ।
Read full story at source (rajdhanidaily.com)