चिनियाँ सचेततापछि ब्युँझियो सरकार
annapurnapost.com · Fri Aug 28 01:18:19 GMT 2026

काठमाडौं : नेपाल–चीन सीमा क्षेत्रको ल्हेन्दे खोलामा भीषण हिम–चट्टान पहिरोपछि बनेको २० लाख घनमिटरभन्दा बढी पानीको ‘अस्थायी ताल’ ले त्रिशूली करिडोरमा अर्को विपद्को जोखिम निम्त्याएको छ ।
चीनको जलस्रोत मन्त्रालय र ग्लोबल टाइम्सले बिहीबार बिहानै छोचेन र पुरेपु साङ्पो खोलाको दोभानमा जोखिमयुक्त ताल बनेको समाचार दिए । तल्लो तटीय क्षेत्रमा उच्च खतरा रहेको उनीहरूको दाबी थियो । तर, विपद् व्यवस्थापन र अर्ली वार्निङको जिम्मेवारी पाएका नेपाल सरकारका निकायहरू भने दिनभर अलमलिएर साँझ परेपछि मात्र उक्त चुनौती स्वीकार्न पुगे ।
Read full story at source (annapurnapost.com)