एआईमा ६५० अर्ब डलर लगानीको विशाल योजना सार्वजनिक गर्दै सामसुङ
aarthiknews.com

सियोल । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा अहिलेसम्मकै ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सामसुङले आगामी हप्ता करिब १० हजार खर्ब वन (झण्डै ६ खर्ब ५० अर्ब अमेरिकी डलर) बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको छ। यो योजना दक्षिण कोरियाको औद्योगिक र प्रविधि नीतिसँग प्रत्यक्ष रूपमा जोडिएको मानिएको छ।
Read full story at source (aarthiknews.com)