रोटरी जर्नो अवार्डबाट सात जना पत्रकार सम्मानित
shilapatra.com · Fri Jun 26 11:50:00 GMT 2026

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको रोटरी जर्नो अवार्ड–२०२६ बाट सात जना पत्रकार सम्मानित भएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर रोटेरियन बिनोद कोइरालाले सातै विधाका विजेतालाई जनही ५१ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरे ।
यस वर्ष खानेपानी, सरसफाइ तथा स्वच्छता विधामा सप्तकोशी टेलिभिजनका सम्पादक विकल रेग्मी, मातृ तथा शिशु स्वास्थ्य विधामा उकालो अनलाइनका संवाददाता सागर बुढाथोकी, रोग रोकथाम तथा उपचार विधामा ओखलढुंगाका पत्रकार सरोज ढुंगेल, वातावरण, जलवायु परिवर्तन तथा उत्थानशीलता विधामा सगरमाथा एफएमकी अर्वशी बस्न्यात, सामुदायिक तथा आर्थिक विकास विधामा पोखराका पत्रकार विजय नेपाल, आधारभूत शिक्षा, साक्षरता तथा डिजिटल साक्षरता विधामा सुदीप कैनी तथा स्थानीय शान्ति तथा द्वन्द्व रोकथाम/समाधान विधामा रुपा गहतराज सम्मानित भए ।
Read full story at source (shilapatra.com)