काभ्रे बस दुर्घटना अपडेट : मृतकसहित घाइतेहरूकाे पहिचान खुल्याे
ratopati.com · Fri Jun 12 14:36:30 GMT 2026

काठमाडाैँ । शुक्रबार काभ्रेको बुचाकोटमा भएकाे बस दुर्घटनामा मृतक ८ जनामध्ये ४ जनाकाे पहिचान खुलेकाे छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको थियाे ।
काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ७ बस्ने ३४ वर्षिया फुलमाया तामाङ,साेही पालिकाकाे वडा नम्बर ८ बस्ने ६० वर्षिया प्यारीमाया तामाङ, साेही पालिकाकाे वडा नम्बर ६ बस्ने ७५ वर्षिय ईन्द्र बहादुर लोप्चन र दैलेख घर भएका ३० वर्षिय बम बहादुर भण्डारी (नेपाली सेनाको अमल्दार) रहेका छन् । अन्य ४ जना मृतककाे भने पहिचान खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।
Read full story at source (ratopati.com)