बडीमालिकामा छाउपडी गोठमुक्त घोषणा
kendrabindu.com · Sat Jul 04 01:06:33 GMT 2026

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन् । नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरे ।
छाउपडी गोठमुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गरेर ती दुई वटै वडालाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएको बडीमालिका नगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाले जानकारी दिइन् ।
Read full story at source (kendrabindu.com)