उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषिसामग्री
gorkhapatraonline.com · Fri Jun 05 02:16:20 GMT 2026

खोटाङ, जेठ २२ गते । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकैदिन रु २६ लाखबराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको हो ।
गाउँपालिकाको ७५ तथा किसानको २५ प्रतिशत लगानीमा खरिद गरिएको कृषि सामग्री गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको गाउँपालिकाका कृषि प्राविधिक उद्धव बाँस्तोलाले जानकारी दिनुभयो । सम्बन्धित वडा कार्यालयले सिफारिस गरेपछि गाउँपालिकाको कृषि विकास समितिले छनोट गरेर आवश्यकताका आधारमा किसानलाई कृषि सामग्री प्रदान गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)