साइबर व्युरोमा अपराध अनुसन्धान गर्न आवश्यक डिजिटल फरेन्सिक ल्यावको अभाव
makalukhabar.com · Mon Aug 03 12:14:26 GMT 2026

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले साइबर अपराध अनुसन्धान गर्न डिजिटल फरेन्सिक ल्याब नै साइबर ब्युरोमा नभएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साइबर सुरक्षासम्बन्धी छलफलमा उनले साइबर ब्युरोमा आवश्यक डिजिटल फरेन्सिक उपकरण र अत्याधुनिक सफ्टवेयरको अभाव रहेको बताएका हुन् । उनले हाल केही पुराना उपकरण भए पनि अपर्याप्त भएकाले प्रत्येक डिजिटल डिभाइस परीक्षण गर्न लामो समय लाग्ने गरेको बताए । साइबर अपराध अनुसन्धानमा डिजिटल फरेन्सिक अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले प्रत्येक मोबाइल, कम्प्युटर वा अन्य विद्युतीय उपकरणको वैज्ञानिक परीक्षण गर्नुपर्ने बताए ।
Read full story at source (makalukhabar.com)