बाढीपीडित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
ratopati.com · Fri Sep 04 15:19:49 GMT 2026

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ। अस्पतालले कुल सेवाको १० प्रतिशत निःशुल्क बेड तथा उपचार सेवा प्रदान गर्दै आएको छ।
यसै व्यवस्थाअन्तर्गत बाढीपीडित क्यान्सर बिरामीलाई बेड चार्ज, ल्याब परीक्षण शुल्क र अक्सिजन शुल्क पूर्ण रूपमा निःशुल्क गरिने भएको छ। साथै अस्पतालमा उपलब्ध भएसम्मका औषधिहरू समेत नि:शुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ।
Read full story at source (ratopati.com)