नेपाल स्काउटको निर्वाचन प्रक्रिया अघि बढाउन सातै प्रदेशलाई पत्राचार
ratopati.com · Mon Aug 03 17:05:27 GMT 2026

काठमाडौँ । नेपाल स्काउटको स्थानीय, प्रदेश तथा राष्ट्रिय परिषद्को निर्वाचन सम्पन्न गराउनका लागि सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयहरूलाई पत्राचार गरिएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयहरूलाई आवश्यक समन्वय र सहजीकरणको लागि आधिकारिक पत्राचार गरेको हो ।
यसअघि प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक तथा शिक्षा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउटको निर्देशन र गत साउन ५ गतेको निर्णयअनुसार नेपाल स्काउटको राष्ट्रिय परिषद्, सात वटै प्रदेश परिषद् तथा स्थानीय तहमा क्रियाशील रहेका सम्पूर्ण स्थानीय परिषद्हरू विघटन भइसकेका थिए ।
Read full story at source (ratopati.com)