करदाता प्रोत्साहन उपहार कार्यक्रममा बढ्दो आकर्षण : १५ दिनमा १० लाख बढी कारोबार योग्य
nagariknews.nagariknetwork.com · Mon Aug 03 15:39:04 GMT 2026

करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या आज ११ लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार आज दिउँसोसम्म यस्तो उपभोक्ता कारोबार संख्या १० लाख ८२ हजार ६२२ पुगेको छ।
यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी प्रविष्ट (अपलोड) गरिएको बिल संख्यासमेत समावेश छन्। उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बिजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ्ने अनुमान विभागले गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन १ गतेदेखि साउन १५ गतेसम्म क्यूआरबाट कारोबार गरेका १० लाख ७४ हजार ७९६ कारोबार उपहार कार्यक्रमका लागि योग्य छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)