लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
ratopati.com · Fri Sep 04 15:50:43 GMT 2026

काठमाडौँ । प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके, नवलपरासी पश्चिम, सुनसरी, कैलाली, सुर्खेत र सर्लाही अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको हो ।
झापाको झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट एक, दमक नगरपालिका-५ यलम्बर चोकबाट एक, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१३ गङ्गापुरबाट तीन, नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ जितपुरबाट एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
Read full story at source (ratopati.com)