बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु
ratopati.com · Fri Jun 12 16:44:12 GMT 2026

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–६ को बराइमा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । सडक खन्ने क्रममा बिहीबार राति स्काभेटर पल्टिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताए ।
बिहीबार राति १२ः०० बजे सडक खन्ने क्रममा स्काभेटर सडकभन्दा करिब ५० मिटर तल खस्दा दैलेख घर भई हाल बर्दियामा बस्दै आएका अन्दाजी २५ वर्षीय कृष्ण रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
Read full story at source (ratopati.com)