योर्गन क्लोपले जर्मन प्रशिक्षक बन्ने क्लोपको इच्छा
barnanmedia.com · Sat Jul 04 02:34:27 GMT 2026
योर्गन क्लोपले जर्मन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्न आफू ‘इच्छुक’ रहेको जर्मन एफए (डीएफबी) लाई बताएका छन्। डीएफबीले शुक्रबारै वर्तमान जर्मन प्रशिक्षक जुलियन नागेल्समनले राजीनामा दिएको जनाएको थियो।
नागेल्समनको अनुबन्धन २०२८ सम्म रहेको छ। जर्मनी विश्वकपको अन्तिम ३२ को प्रतिस्पर्धामा पाराग्वेसँग पराजित भएको केही समयपछि नागेल्समनले शुक्रबार राजीनामा दिएका थिए। डीएफबीको विज्ञप्तिमा लिभरपुल र बोरुसिया डर्टमन्डका पूर्वप्रशिक्षक क्लोपसँग वार्ता अगाडि बढेको जनाउँदै ३ वर्षे कार्यकालका लागि नागेल्समनलाई धन्यबाद दिएको जनाएको छ।
Read full story at source (barnanmedia.com)