इरानका लागि सम्झौतामा हस्ताक्षर गर्ने यो अन्तिम मौका होः ट्रम्प
barnanmedia.com · Mon Aug 03 22:18:52 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता जारी रहेको दाबी गर्दै तेहरानका लागि ‘राम्रो दस्ताबेज (सम्झौता) मा हस्ताक्षर गर्ने यो अन्तिम मौका’ भएको बताएका छन् । उनले इरानकै अनुरोधमा हाल वार्ताहरू भइरहेको समेत दाबी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र विशेष गरी कतारको समर्थन तथा अन्य मुलुकहरूको समेत सहयोगमा इरानकै अनुरोधमा हामी अहिले कुराकानी गरिरहेका छौँ । धेरै देशहरूले यसका लागि सम्पर्क गरेका छन्... तर यदि यो वार्ता सफल भएन भने, उनीहरूका लागि राम्रो दस्ताबेजमा हस्ताक्षर गर्ने यो अन्तिम मौका हुनेछ ।’ यसअघि ट्रम्पले इरानसँगको सम्झौता आसन्न रहेको र सोमबारदेखि औपचारिक वार्ता सुरु हुने बताएका थिए ।
Read full story at source (barnanmedia.com)