स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले बाढी पीडितलाई दियो २० लाख
baahrakhari.com · Fri Sep 04 16:14:34 GMT 2026

काठमाडौं। भोटेकोसी बाढीपीडितका लागि स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वयन समितिले २० लाख रुपैयाँ प्रदान गरेको छ । समितिको समन्वयमा मातहका संस्था तथा आबद्ध पदाधिकारीहरूको सहयोगमा उक्त रकम संकलन गरिएको हो ।
अन्तर्राष्ट्रिय समन्वय समितिअन्तर्गत राष्ट्रिय समन्वय समितिका रूपमा आबद्ध विभिन्न देशका संस्थाहरूबाट प्राप्त सहयोगमध्ये स्याङ्जा समाज जापानबाट चार लाख २९ हजार ८९९ रुपैयाँ प्राप्त भयो। यस्तै, अमेरिकाबाट चार लाख २८ हजार ७८२, कतारबाट दुई लाख ७० हजार, बेल्जियमबाट एक लाख ५० हजार रुपैयाँ प्राप्त भयो । यस्तै, साउदी अरब, फ्रान्स, बहरानबाट एक-एक लाख प्राप्त भएको संस्थानले जनाएको छ।
Read full story at source (baahrakhari.com)