सुरुङमार्गको दोस्रो अध्याय
annapurnapost.com · Tue Aug 04 00:35:39 GMT 2026

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आइसकेको छ। यसको निर्माणसँगै नेपाल सुरुङमार्गहरूको युगमा प्रवेश गरेको बताइँदै थियो। हो पनि नेपालमा अब एकपछि अर्काे सुरुङमार्ग निर्माण र निर्माण पूरा हुँदैछन्। निर्धारित समयमै काम पूरा भयो भने अब बुटवलबाट पोखरा पुग्ने राजमार्गमा अर्काे सुरुङमार्ग सञ्चालनमा आउँदैछ। आउँदो दसैंतिहारपछि सिद्धबाबा सुरुङमार्ग पनि सञ्चालनमा आउन सक्छ।
नेपालका लागि पूर्वाधार विकासका क्षेत्रमा यो अर्काे सुखद घुम्ती हुँदै छ। आर्थिक गतिविधि चलायमान हुने सहरहरू भैरहवा र बुटवलसँग पर्यटकीय सहर पोखरा जोड्ने बाटोको सिद्धबाबा क्षेत्र हरेक बर्खामा अवरुद्ध हुन्थ्यो। किनभने यो ठाउँ चुरे पहाडको कमलो पर्वत हो। जहाँ थोरै पानी पर्दा पनि पहिरो चलिहाल्छ। पानी पर्यो कि पहिरो चल्यो हुँदै आएको छ यहाँ। अनि गएका तीन वर्षमा मात्रै पनि पहिरोमा १० जनाले ज्यान गुमाएका छन्। भैरहवासँग पोखरा जोडिने सडक बनेयता त सयौंको ज्यान गएको छ।
Read full story at source (annapurnapost.com)