परराष्ट्र सहसचिव भट्टराईलाई सीआईबीले गर्यो पक्राउ
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राहदानी ऐनअन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ।
ब्युरोका प्रवक्ता अनुप शमशेर जबराका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा सहसचिव भट्टराईलाई पक्राउ गरिएको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा राहदानी कससुरसम्बन्धी मुद्दा दायर भएलगत्तै ब्युरोले उनलाई सोमबार त्रिपुरेश्वरबाट नियन्त्रणमा लिएको हो।
Read full story at source (hamrakura.com)