अमेरिकी डलरको भाउमा सामान्य घटबढ
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। हिजो अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा रहेको थियो।
यसैगरी, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७६ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ भने हिजो यसको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा थियो। युके पाउण्ड स्ट्रलिङ एकको आजको खरिददर २०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा कायम भएको छ, जुन हिजो खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा थियो। स्वीस फ्र्याङ्क एकको आज खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ तोकिएको छ भने हिजो यो खरिददर १८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३६ पैसा थियो।
Read full story at source (hamrakura.com)