सुस्तामा तटबन्ध भत्काएको घटनाप्रति नेपालले भारतसँग जनायो विरोध
kendrabindu.com · Tue Aug 04 00:55:42 GMT 2026

काठमाडौं । भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले बाढी नियन्त्रणका लागि माटोले बनाएको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ।
नयाँदिल्लीस्थित नेपाली दूतावासले आइतबार भारतको विदेश मन्त्रालयसँग उक्त विषय उठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । उनका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्तिसमेत जनाएको छ।
Read full story at source (kendrabindu.com)