इरानलाई ट्रम्पको चेतावनी- यो सम्झौता गर्ने अन्तिम मौका हो
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई यो सम्झौता गर्ने अन्तिम अवसर भएको चेतावनी दिएका छन् । सम्भावित सैन्य आक्रमण अन्तिम समयमा फिर्ता लिएलगत्तै उनले इरानलाई अमेरिकासँग राम्रो कागजातमा हस्ताक्षर गर्ने यो नै अन्तिम मौका भएको चेतावनी दिएका हुन् ।
खाडीका सहयोगी राष्ट्रहरूको अनुरोधमा आफूले फेरि आक्रमण रोकेर वार्तालाई निरन्तरता दिने वाचा गरेको उनको भनाइ छ। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'धेरै देशहरूले फोन गरे। उनीहरू सबै यसलाई अन्तिम मौका दिन चाहन्थे। यो नै अन्तिम मौका हो।'
Read full story at source (lokaantar.com)