कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत फेला
ratopati.com · Sat Jul 04 02:58:01 GMT 2026

कैलाली । कैलालीमा आफ्नै घरको सिँढीमा एक युवती मृत फेला परेकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत अवस्थामा भेटिएकी हुन् । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
Read full story at source (ratopati.com)