उक्साहट र अफवाहबाट जोगिँदै मधेस
annapurnapost.com · Tue Aug 04 01:38:45 GMT 2026

पछिल्ला केही घटनाक्रमका कारण अशान्त र त्रसित बनेको मधेस यतिबेला पुनः सद्भाव, सहअस्तित्व र समृद्धिको खोजीमा छ । राजनीतिक प्रतिशोध र धार्मिक सन्तुलन बिगार्ने प्रयासहरू भइरहँदा मधेसका बुद्धिजीवी, नागरिक समाज र धार्मिक अगुवाहरूले बाहिरी उक्साहट र अतिवादबाट जोगिन आह्वान गरेका छन् । राज्यको सकारात्मक दृष्टिकोण, दोषीमाथि निष्पक्ष छानबिन र वैचारिक चेतनाको विकासबाट मात्रै मधेसको वास्तविक शान्ति र समृद्धि सम्भव हुने उनीहरूको निष्कर्ष छ ।
जनकपुरधाम : मधेस यतिबेला हिंसात्मक घटनाका कारण त्रासदीमा छ। पछिल्ला वर्षहरूमा विभिन्न राजनीतिक द्वन्द्व र प्रतिशोधहरूको सिकार मधेस बन्न पुग्यो। यहाँको विकास र समृद्धिलाई मतलब नै नगरी वैमनस्यको भूमिका रूपमा चित्रण गर्ने प्रयास भइरहेको छ। तर, यो सत्य होइन। अब मधेसले सद्भाव चाहेको छ, समृद्धि खोजेको छ, हार्दिकता चाहेको छ। यहाँका मानिसहरूले अवसर र सम्भावना चाहेका छन्।
Read full story at source (annapurnapost.com)