भारतको झारखण्डमा भोक हड्तालमा उत्रिए विद्यार्थी
kendrabindu.com · Tue Aug 04 01:55:53 GMT 2026

काठमाडौं । भारतको झारखण्ड राज्यमा परीक्षाहरूमा भएको भनिएको अनियमितताको विरोधमा युवाको प्रदर्शन लगातार छैटौँ दिन पनि जारी छ । आइतबार विद्यार्थी नेता देवेन्द्रनाथ महतोले राँचीस्थित जयपाल सिंह मुन्डा स्टेडियममा अनिश्चितकालीन भोक हड्ताल सुरु गर्ने घोषणा गरेका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार सञ्चारकर्मीसँग कुरा गर्दै महतोले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई बुझाइएका माग पूरा नभएसम्म आफ्नो भोक हड्ताल जारी रहने बताएका छन् ।
Read full story at source (kendrabindu.com)