गुल्मीमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु
barnanmedia.com · Tue Aug 04 02:02:01 GMT 2026

गुल्मीमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ। यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–४ जैसिथोककी ३२ वर्षीया सीता पोखरेलको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार पोखरेललाई स्कारो टाइपस नामक किराले टोकेपछि गत साउन १४ गते उपचारको लागि जिल्ला अस्पताल तम्घास गुल्मीमा ल्याइएको थियो। सामान्य उपचार पश्चात् सोही दिन डिस्चार्ज गरिएको हो। चिकित्सकको सल्लाह अनुसार ७२ घण्टापछि अप्ठ्यारो भए पुनः भर्ना गरी उपचार गर्ने भनि डिस्चार्ज गरिएको हो। पोखरेलको स्वास्थ्यमा समस्या आएपछि सोमबार पुनः जिल्ला अस्पताल तम्घासमा ल्याइएको थियो।
Read full story at source (barnanmedia.com)