एआई कम्पनीहरुले किन किन्दैछन् पुराना पुस्तक ?
nepalsamaya.com · Tue Aug 04 02:16:13 GMT 2026

काठमाडौं- कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढेसँगै विश्वका ठूला प्रविधि कम्पनीहरूले आफ्ना प्रणालीलाई अझ प्रभावकारी बनाउन लाखौँ पुराना छापिएका पुस्तक खरिद गर्न थालेका छन्। कृत्रिम बुद्धिमत्ताले आफैं तयार गरेका सामग्रीको सट्टा मानवद्वारा लेखिएका मौलिक, विश्वसनीय र सम्पादित सामग्रीबाट प्रशिक्षण दिन कम्पनीहरूले पुराना पुस्तकमा ठूलो लगानी गर्न थालेका हुन्।
विशेषज्ञहरूका अनुसार कृत्रिम बुद्धिमत्तालाई बारम्बार कृत्रिम बुद्धिमत्ताले नै तयार गरेको सामग्रीबाट प्रशिक्षण दिँदा समयसँगै यसको गुणस्तर, शुद्धता र तथ्यगत विश्वसनीयता कमजोर हुँदै जाने जोखिम हुने देखिएपछि 'मोडेल कोल्याप्स' को अवस्था आउने जोखिमबाट बच्न कम्पनीहरूले विशेषगरी सन् २०२२ अघि प्रकाशित पुस्तकहरूलाई प्राथमिकता दिएका छन्। ती पुस्तकहरू कृत्रिम बुद्धिमत्ताको व्यापक प्रयोग सुरु हुनुअघि लेखिएकाले तिनमा मौलिक मानवीय लेखन र व्यावसायिक सम्पादन रहेको विश्वास गरिन्छ।
Read full story at source (nepalsamaya.com)