महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
lokaantar.com

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी गर्दै महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ।
दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकाले पूरै थुनिन सक्ने सम्भावना रहेको भन्दै सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो।
Read full story at source (lokaantar.com)