फरार दुई प्रतिवादी पक्राउ
nepalnews.com · Sat Jul 04 03:05:33 GMT 2026

कञ्चनपुर। कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बहुविवाह मुद्दामा दोषी ठहर भएका नरेशराम विक र पुनःचलनसम्बन्धी मुद्दामा दोषी ठहर भएकी कौशिला चन्दलाई पक्राउ गरेको हो।
Read full story at source (nepalnews.com)