शाइन रेसुङ्गाको नाफा ८२.९७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ८४ करोडभन्दा माथि
corporatenepal.com · Tue Aug 04 03:24:41 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म शाइन रेसुंगा डेभलपमेन्ट बैंकले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा १ अर्ब १८ करोड १२ लाख रुपियाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको यही समयमा ६४ करोड ५६ लाख रुपियाँ मात्रै थियो । यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ८२.९७ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ६४ लाख रुपैयाँ रहेको छ। बैंकले १६.८६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।
Read full story at source (corporatenepal.com)