कार्यस्थलमा स्तनपान कक्षको अभाव
ratopati.com · Tue Aug 04 03:36:22 GMT 2026

झापा । झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/ ८३ मा सन्तान जन्माएका १३ हजार २३९ महिलामध्ये आठ हजार ८९९ अर्थात् ६७ प्रतिशतले मात्र आफ्ना शिशुलाई पहिलो छ महिनासम्म विशेष स्तनपान गराएका छन् । बाँकी ३३ प्रतिशत शिशु विशेष स्तनपानबाट वञ्चित भएका छन् ।
विश्व स्तनपान सप्ताहको अवसरमा सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका स्तनपान परामर्शदाता संस्कृति सुवेदी हमालले कामकाजी आमाको सङ्ख्या बढ्दै जानु, कार्यस्थलमा स्तनपान वा दूध सङ्कलन गर्ने कक्षको अभाव, पर्याप्त सुत्केरी बिदा नहुनु, पाउडर दूधको भ्रामक प्रचार तथा सानो परिवारका कारण सुत्केरी आमाले आवश्यक सहयोग नपाउनु स्तनपानको दर घट्नुका मुख्य कारण रहेको बताइन् ।
Read full story at source (ratopati.com)