इन्धनको मूल्य बढेपछि नाफा घट्यो
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । जापान एयरलाइन्स (जेएएल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा आफ्नो खुद नाफामा भारी गिरावट आएको जानकारी दिएको छ। कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार अप्रिलदेखि जुनसम्मको तीन महिनामा खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८०.२ प्रतिशतले घटेर ५ अर्ब ३५ करोड येन (करिब ३ करोड ४० लाख अमेरिकी डलर) मा सीमित भएको छ।
मध्यपूर्वमा जारी तनावका कारण हवाई इन्धनको मूल्यमा भएको उच्च वृद्धि नै खुद नाफामा भारी गिरावट आउनुको मुख्य कारण रहेको कम्पनीले जनाएको छ। नाफामा उल्लेख्य गिरावट आए तापनि समीक्षा अवधिमा कम्पनीको कुल बिक्री (सेल्स) मा भने सुधार आएको छ। यस अवधिमा कुल बिक्री ११.२ प्रतिशतले वृद्धि भई ५ खर्ब २३ अर्ब ७४ करोड येन पुगेको छ।
Read full story at source (hamrakura.com)