लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरेका व्यक्ति ब्राउन सुगरसहित फेरि पक्राउ, अर्का एक पनि नियन्त्रणमा
himalpress.com · Tue Aug 04 03:58:15 GMT 2026

नेपालगन्ज- नेपाल–भारत सीमा नजिक रहेको नेपालगन्ज क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागुऔषध मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरी छुटेका एक व्यक्तिसहित दुई जनालाई ५२६ ग्राम २९० मिलिग्राम खैरो हेरोइन (ब्राउनसुगर) सहित पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले नेपालगन्ज उपमहानगरपालिका–१० का ५५ वर्षीय अरुणकुमार जयसवाल र नेपालगन्ज–४ का ३० वर्षीय सुशील भण्डारीलाई पक्राउ गरेको हो।
Read full story at source (himalpress.com)