पूर्वमा प्रहरीको शृंखलाबद्ध खानतलासी : सबै किन असफल साबित भैरहेका छन् ?
lokaantar.com

पछिल्ला केही महिनायता मोरङ प्रहरीले ‘विशेष सूचना’कै नाममा मारेका प्राय: छापाका घटनाहरू शृखलाबद्ध रूपमा असफल साबित भएका छन् । १३ साउनमा मोरङ प्रहरीले विराटनगरका अभिषेक गिरीको निवासमा अवैध हातहतियार लुकाएको आशङ्कामा छापा मारेको थियो, तर त्यहाँ पनि प्रहरीले खोजेको हतियार फेला परेन । पछि अपराधिक विश्वासघात मुद्दामा उनलाई पक्राउ गरिए पनि हतियारकै सूचनामा मारिएको छापा भने पूर्णत: असफल सिद्ध भयो ।
त्यति मात्र होइन, ४ असारमा त प्रहरीको निशानामा स्वयम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीकै सरकारी निवास पर्यो । फरार प्रतिवादी लुकेको आशङ्कामा रातको ११ बजे मन्त्री निवास पुगेको प्रहरी टोलीले कोठा–कोठा खानतलासी गर्यो, जहाँ प्रहरीको सूचना फेरि पनि गलत साबित भयो । एकपछि अर्को छापा र त्यसबाट प्राप्त ‘शून्य उपलब्धि’ले मोरङ प्रहरीको सूचना संकलन र विश्लेषण गर्ने संयन्त्रमाथि मात्र होइन, प्रहरी नेतृत्वको व्यावसायिक क्षमतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।
Read full story at source (lokaantar.com)