हिक्मतले नटेरेपछि ओलीले बोलाए गुण्डुमा तीन नेता
ratopati.com · Tue Aug 04 04:00:58 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित तीन नेतालाई काठमाडौँ बोलाएका छन् । प्रदेश इन्चार्ज समेत रहेका सचिव शेरधनमार्फत कार्कीलाई राजीनामा दिन लगाएर नयाँ मुख्यमन्त्री बनाउन गरेको प्रयास सफल हुने नदेखेपछि ओलीले मुख्यमन्त्री कार्कीलाई काठमाडौँ बोलाएका हुन् ।
अध्यक्ष ओलीले सचिव राईलाई विराटनगर पठाएर कार्कीलाई राजीनामा गराएर नयाँ मुख्यमन्त्री नियुक्तिको वातावरण बनाउन निर्देशन दिएका थिए । सोही अनुसार राईले सोमबार दिउँसो विराटनगरमा बैठक बोलाएर नयाँ मुख्यमन्त्री चयनबारे छलफल गरेका थिए । तर, उक्त छलफलमा मुख्यमन्त्री कार्कीले कसैले भन्दैमा राजीनामा नदिने अडान राखेपछि ओलीले कार्कीसहितका ३ जना नेतालाई काठमाडौँ बोलाएका हुन् ।
Read full story at source (ratopati.com)