भलिबल संघको वार्षिक कार्यक्रम सार्वजनिक : प्रशिक्षण र विकास कार्यक्रमलाई जोड
nagariknews.nagariknetwork.com · Tue Aug 04 03:57:42 GMT 2026
महिला र पुरुषको फ्रेन्चाइज लिगसहित नेपाल भलिबल संघ (एनभिए) ले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्ना कार्यक्रम सार्वजनिक गरेको छ।
काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै भलिबल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, फ्रेन्चाइज लिग, रेफ्री प्रशिक्षक कोर्सका साथै विभिन्न उमेरसमूहका कुल १९ वटा कार्यक्रम सार्वजनिक गरेको हो। उक्त वार्षिक कार्यक्रममा आगामी २०औं एसियाली खेलकुद पनि समावेश छ। यो प्रतियोगितासहित अन्तर्राष्ट्रिय भूमिमा हुने कार्यक्रम पनि वार्षिक क्यालेन्डरमा छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)