विराटनगरमा ६ वटा सहकारीको दर्ता खारेज
ratopati.com · Tue Aug 04 04:12:22 GMT 2026

विराटनगर । विराटनगर महानगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका ६ वटा सहकारी संस्थाहरूको दर्ता खारेज गरेको छ। महानगरपालिकाको सहकारी शाखाले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै विगत ५ वर्षभन्दा बढी समयदेखि कुनै पनि आर्थिक प्रतिवेदन नबुझाउने र सम्पर्कमा समेत नआउने ती सहकारीहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जानकारी दिएको हो।
महानगरपालिकाको साउन १८ गतेको निर्णयानुसार विराटनगर महानगरपालिकाको सहकारी ऐन, २०७५ (दोस्रो संशोधन, २०८० सहित) को दफा ६७ को उपदफा (३) बमोजिम ती संस्थाहरूलाई खारेजीको सूचीमा राखिएको हो। महानगरका अनुसार खारेजीमा पर्ने सहकारीहरूमा विराटनगर–१४ को जुनतारा बचत तथा ऋण सहकारी संस्था, वडा नं. १० को प्राइम बचत तथा ऋण सहकारी, वडा नं. ७ को रारा बचत तथा ऋण सहकारी र वडा नं. १३ को नक्षत्र बचत तथा ऋण सहकारी रहेका छन्। यसैगरी विराटनगर–२ मा कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी र वडा नं. ९ को गुडविल बचत तथा ऋण सहकारी संस्थाको पनि दर्ता खारेज गरिएको छ।
Read full story at source (ratopati.com)