ओलीले बोलाएपछि काठमाडौं जाँदै कोशीका मुख्यमन्त्री कार्की
kendrabindu.com · Tue Aug 04 04:14:35 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर एमालेभित्र चर्किएको विवाद निर्णायक मोडमा पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई काठमाडौं बोलाएपछि सरकारको नेतृत्वबारे आज शीर्ष तहको छलफल हुने बताइएको छ ।
‘पार्टी महासचिव शंकर पोखरेलमार्फत अध्यक्ष ओलीको सन्देश पाएपछि मुख्यमन्त्री कार्की मंगलबार काठमाडौं जाँदैछन्,’ एक एमाले नेताले भने । मुख्यमन्त्री निकट स्रोतका अनुसार अध्यक्ष ओली, महासचिव पोखरेल र अन्य शीर्ष नेतासँग हुने छलफलमा कोशी प्रदेश सरकारको नेतृत्वबारे निर्णयको प्रयास हुनेछ ।
Read full story at source (kendrabindu.com)