लगानी प्रवर्द्धन कि कर्मचारीतन्त्रको घेराबन्दी ?
ratopati.com · Tue Aug 04 05:28:18 GMT 2026

नेपाल प्रकृतिले दिएको भूगर्भीय सम्पदामा धनी देश हो। हिमालदेखि तराईसम्म फैलिएको नेपाली धरातलभित्र चुनढुङ्गा, फलाम, तामा, म्याग्नेसाइट, डोलोमाइट, सिलिका लगायत ६० भन्दा बढी प्रकारका खनिज सम्पदा रहेको अनुमान छ। करिब साढे २ अर्ब मेट्रिक टन चुनढुङ्गाको प्रमाणित भण्डार र नवलपरासीको धौवादीमा रहेको करिब १० करोड टन फलाम धाउको सम्भावनाले नेपालमा खानी–आधारित औद्योगिक विकासको ठुलो अवसर रहेको देखाउँछ।
यति ठुलो सम्भावना हुँदाहुँदै खानी क्षेत्रको योगदान नेपालको कुल अर्थतन्त्रमा अझै ०.५ प्रतिशतभन्दा माथि उठ्न सकेको छैन। यसको कारण खनिजको अभाव होइन, बरु नीतिगत जटिलता, अनुमति प्रक्रियाको ढिलाइ, बहु–निकायको स्वीकृति, पूर्वाधार अभाव र दीर्घकालीन नीतिगत अनिश्चितता हुन्। यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ—प्राकृतिक स्रोतले सम्पन्न नेपालले किन त्यसको अपेक्षित आर्थिक लाभ लिन सकेको छैन?
Read full story at source (ratopati.com)