सेयर बजार कीर्तिमानी स्तरनजिक, तेलको मूल्य पनि बढ्यो
ratopati.com · Tue Aug 04 05:54:01 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी सेयर बजार कीर्तिमानी स्तरनजिक उक्लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच वार्ता भइरहेको दाबी गरेपछि लगानीकर्ता उत्साहित बनेसँगै बजार उकालो लागेको हो। उता, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेको छ। इरानले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको बताइरहे पनि वार्ताको आशाले बजार सकारात्मक देखिएको हो।
अमेरिकाको प्रमुख एस एन्ड पी ५०० सूचकांक सोमबार १.५ प्रतिशतले बढेर जुन २ मा बनेको ऐतिहासिक उच्च अंकनजिक पुगेको छ। त्यस्तै, नास्डाक कम्पोजिट २.१ प्रतिशतले बढेर २७ हजार ९३.९० अंकमा पुगेको छ, जुन जुन २ मा छोएको कीर्तिमानी उच्च स्तरभन्दा ४.३ प्रतिशत मात्रै तल हो। सोमबार डाउ जोन्स औद्योगिक औसत पनि १.३ प्रतिशतले उकालो लाग्दै ५३ हजार १७८.४१ अंकको नयाँ कीर्तिमानी स्तरमा पुगेको छ।
Read full story at source (ratopati.com)