एनएमबी बैंकको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ४ अर्बभन्दा बढी
nepalpress.com · Tue Aug 04 05:54:25 GMT 2026

काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आवमा बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ ।
गत आवको असार मसान्तसम्म एनएमबीले ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.६० प्रतिशत बढी हो । त्यसबेला बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
Read full story at source (nepalpress.com)