हमास पूर्ण निःशस्त्रीकरण नभइ गाजाबाट इजरायली सेना फिर्ता नहुने
ratopati.com · Tue Aug 04 05:56:37 GMT 2026

तेल अभिभ । हमासको पूर्ण निःशस्त्रीकरण सम्पन्न भएपछि मात्रै गाजाबाट इजरायली सेना फिर्ता हुने अमेरिकाको नेतृत्वमा गठन गरिएको बोर्ड अफ पिसले बताएको छ । बोर्डका महानिर्देशक निकोलाय म्लादेनोभ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबिच सोमबार पश्चिम जेरुसेलममा भएको भेटपछि बोर्डले यो धारणा सार्वजनिक गरेको हो ।
हमासले हल्का हतियार, भारी हतियार र सुरुङसहित सबै सैन्य संरचना पूर्ण रूपमा निष्क्रिय बनाउने आफ्नो प्रतिबद्धता पूरा गरेपछि मात्रै इजरायली सेना येलो लाइन पछाडि जाने बोर्ड अफ पिसको भनाइ छ । बोर्डले गाजामा हतियारको शासन अन्त्य गरी नागरिक प्रशासन स्थापना गर्नु नै मुख्य उद्देश्य भएको जनाएको छ ।
Read full story at source (ratopati.com)