नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
rajdhanidaily.com · Tue Aug 04 05:58:56 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता गर्न तथा निर्भरता घटाउन नेपाल गुणस्तर (एनएस) चिह्न लिन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेकी छिन् ।
उनले गुणस्तरीय स्वदेशी उत्पादनको विकास र बजार विस्तारका लागि एनएस चिह्नको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। नेपाल गुणस्तर तथा नापतौल विभागका पदाधिकारीसँगको छलफलमा मन्त्री यादवले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिह्नको दायरा विस्तार गर्नुपर्नेमा जोड दिएकी हुन् ।
Read full story at source (rajdhanidaily.com)