घ्याम्पेसाल सबस्टेसन सञ्चालनमा, उत्तरी गोरखाका १५ हजार बासिन्दा लाभान्वित हुने
aarthiknews.com

काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण भएको ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ। लामो समयदेखि स्थानीय अवरोध र ‘राइट अफ वे’ सम्बन्धी समस्याका कारण रोकिएको सबस्टेसन चार्ज भएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली थप भरपर्दो हुने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत सबस्टेसन निर्माण गरिएको हो। एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना सञ्चालन भएको हो।
Read full story at source (aarthiknews.com)